काठमाडौं। अविरल बर्षासगै सेती नदि र बहुलिगाड खोलामा आएको बाढीले बझाङ सदरमुकाम चैनपुर पुर्ण जोखिममा परेको छ। जोखिम बढेसगै कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता बढेको स्थानीयले बताए।
स्थानीयका अनुसार सेती नदि र बाहुली खोलाले सदरमुकामको कुनै न कुनै स्थान बगाउने गरेको थियोे। लगातार आएको बर्षाका कारण बहुलिया खोलामा आएको बाढीले आरसिसी गरिएको तटबन्धन बगाएको छ भने खोला छेउमा रहेको चैनपुर बसपर्क समेत बागाएको छ।
त्यस्तै सिमखेत बजारमा एउटा अटो पर्टस बगाएको छ, भने एक घर जोखिममा रहेको छ। उक्त खोलाको किनारमा रहेका बङ्गुर र कुखुराका खोर समेत बगाएको छ। जसले गर्दा स्थानीय समस्यामा परेका छन्।