कर्णाली। मंगलबार कर्णाली नदीमा आएको भिषण बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका निर्माण सामग्री बगाएको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो।
सो बाढीले अनक कन्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको उक्त पुल निर्माणका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्चर मेसिन बाढीले बगाएको प्रहरीले जनाएको छ। साथै बाढीले क्रेन पनि डुबाएको छ।