काठमाडौं। लगातार परेको पानी नरोकिएपछि विहान ६ बजेदेखि हुने उडान रोकिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने लुक्ला, भैरहवा, सुर्खेत र भोजपुर विमानस्थलमा अझै पनि उडान हुन सकेको छैन।
भारी वर्षाले गर्दा विमानस्थलको मौसम खरावीले विहानै देखि यी चार विमानस्थलमा उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
देशैभर सञ्चालित ३६ वटा विमानस्थल मध्ये अन्य ३२ वटामा भने उडान सूचारु भएको छ। यता मौसम पुर्वानुमान महाशाखाले भने मंगलबार देखि विहीबारसम्म भारी वर्षा हुने जनाएको छ। वर्षाले बाढी पहिरो जाने खतरा भएको भन्दै मंगलबार विहान सूचना जारी गरेर सतर्कता अपनाउन अनुरोध गरेको छ।