सुर्खेत। हुम्ला र डोल्पामा एक हप्तादेखि हवाइ सेवा बन्द छ। मौसमयमा आएको खराबीका कारणका कारण हप्ता दिनदेखि हवाइ सेवा बन्द भएको हो।
हवाइ सेवा समेत ठप्प भएपछि आफूहरू समस्यामा परेको सार्केगाडका स्थानीयले बताए। मंगलबार बिहान देखि कर्णालीमा भारी वर्षा सुरु भएका कारण हवाइ सेवा अझै केही दिन ठप्प हुने अनुमान गरिएको छ।
सुर्खेत र नेपालगञ्जबाट हुम्लाको लागि उडान हुँदै आएको छ। अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन्। नियमित उडान नहुँदा सर्वसाधारणले हेलिकप्टर समेत प्रयोग गर्दै आएका छन्। औषधि उपचारदेखि अन्य कामले हुम्ला जाने र आउने नागरिकलाई समस्या हुँदै आएको छ।
डोल्पामा सडक सञ्जाल पुगे पनि स्थलमार्गमा पनि बराबर भाडा लाग्ने भएपछि सर्वसाधारण हवाइ मार्गमा आकर्षित भइरहेका छन्। जुफाल विमानस्थलमा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भदै आएका छन्।