काठमाडौं। पाँच दिनदेखि अबरुद्ध रहेको कर्णालीका हिमाली जिल्लाहरुमा अबरुद्ध रहेको हवाई सेवा सुचारु भएको छ। मौसममा बिहीबार सुधार आएपछि हवाई सेवा सुचारु भएको हो।
स्थानीयका अनुसार केही दिनदेखि हवाई सेवासमेत ठप्प भएपछि समस्यामा परेका थिए। उक्त समय अवधीमा धेरै यात्रुहरुले नेपालजंग बिमान स्थलमा उडान नभएपछि शास्ती खेप्नु परेको थियो।
नेपाल नागरिक उड्यायन प्राधिकरण सिमकोटका अनुुसार पाँच दिन लगातार मौसम खराबीको कारण अबरुद्ध हुँदै आएको हवाई सेवा सुुचारु भएको छ। अबरुद्ध पछि पहिलो दिन सिमकोटका लागि तारा, सीता र समिट एयरले उडान भरेका थिए।
यस अबधिमा हुुम्ला खण्डको मौसम राम्रो भएपनि बाजुुरा र कालिकोट क्षेत्रको रुढमा मौसम सफा नभएकोले हवाई सेवा अबरुद्ध हुँदै आएको थियो। सडक सञ्जलासँग नजोडिएकोले हुम्लाका जनता हवाइ मार्गमार्फत नै यात्रा गर्न बाध्य छन्। सुर्खेत र नेपालगञ्जबाट हुम्लाका लागि उडान हुँदै आएको छ। अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन्।
हप्तामा तीन दिन नेपाल एयरलाईन्सले उडान भर्ने गरेको भएपनि यसबिचमा नेपाल एयरलाईन्सले पनि उडान भर्न सकेको छैन। सिमकोटमा रोकिएका यात्रुुहरु पनि हवाई सेवा सुचारु भएपछि आफ्नो गन्तव्यतर्फ लाग्न पाएका छन्।