बारा । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बारा पुगेका छन् ।
अवलोकनमा प्रधानमन्त्री देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, खानेपानी मन्त्री उमकान्त चौधरीको टोली बारो पुगेका हुन्।
वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माण क्षेत्रको भ्रमण गरेका छन्।
अनुगमनपछि टोलीले प्रस्तावित विमानस्थल निर्माणमा हुने क्षति र कमभन्दा कम क्षतिमा निर्माण गर्नेगरी प्रस्तावहरु ल्याउने जनाएको छ।
सर्वोच्च अदालतले गत बुधबार विमानस्थल सम्बन्धी मुद्दाको फैसला गर्दै निर्माण गर्ने जिम्मा सरकारको हातमा दिएको छ।
जैविक विविधतायुक्त घना जंगल फडानी गरेर विमानस्थल निर्माण गर्न खोजिएको भन्दै विरोध हुँदै आएको छ। यता, निजगढका स्थानीयले भने निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै दबाब दिदै आएका छन् ।