काठमाडौं। पेट्रोलिय पदार्थको मूल्यवृद्धिसँगै फेरि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन्। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले हवाई भाडा बढाउन बाध्य भएका हुन्।
बुधबार एक सूचना जारी गर्दै हवाई भाडा वृद्धि भएको जानकारी दिइएको छ। जारी सूचनामा काठमाडौंदेखि धनगढीका लागि सबैभन्दा धेरै भाडा वृद्धि भएको छ। काठमाडौं–धनगढीका लागि २२० रुपैयाँ भाडा बढेको छ।
भाडा वृद्धि भएसँगै अब काठमाडौंबाट धनगढी पुग्न १७ हजार २५ रुपैयाँ लाग्ने सूचनामा भनिएको छ। यस्तै, काठमाडौंदेखि सुर्खेत पुग्न १४ हजार ९९५ रुपैयाँ लाग्नेछ। यस रुटमा १ ७० रुपैयाँ भाडा वृद्धि भएको छ।
तेस्रोमा काठमाडौंबाट पर्वतीय उडानका लागि भाडा १४ हजार ८९० रुपैयाँ रहेको छ। भाडा वृद्धि १७० नै रहेको छ। सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ।
