पछिल्लो समय देशभर आएको अविरल वर्षासगै आएको बढीपहिरोका कारण सडक तथा पुलमा मात्र लगभग २५ करोड भन्दा माथि क्षति भएको छ। सडक बिभागका अनुसार ५ राजमार्ग १२ स्थानमा सडक अवरुद्ध भएको छ। अवरुद्ध भएकामध्य केही सडकहरु एकतर्फी खुलेपनी पुर्ण रुपमा खुल्न आझै एक साता लग्ने बिभागले जनाएको छ। यो भन्दा पहिले पनि अविरल वर्षाका कारणले सडक तथा पुलमा करिब २ अर्ब भन्दा माथी क्षति पुगेको थियो। कोभिड महामारि नियन्त्रणका लागि भएको लकडाउनका कारण समयमै निर्माण व्यवसायिहरुले कार्य सम्पन्न गर्न नसकेको कारणले निर्माणाधिन पुलहरुमा क्षति पुगेको जनाएको छ।