काठमाडौं। अविरल वर्षासगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। उक्त राजमार्ग अन्तर्गत पोखरा - स्याङ्जा सडक खण्ड अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार स्याङ्जाको फेदिखोला गाउँपालिका २ भालुपहाडमा ढुङ्गासहितको पहिरो झरेका कारण सडक अवरुद्ध भएको हो। पहिरो हटाउन पुतलीबजार नगरपालिका, सडक विभाग सग सहकार्य भइरहेको छ। सडक अवरुद्ध हुँदा पोखरा - स्याङ्जा सडक खण्डका सयौं सवारीसाधन रोकिएका छन्, भने यात्रु हरु अलपत्र परेका छन्। यो ठाउँमा सडक विस्तार गरिएकाले पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।