काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन्। घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले घडेरी बजार डटकम सुरू गरिएको संचालक विपिन कंडेलले बताए ।
यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नो युजर एकाउन्ट बनाइ आफ्नो सम्पतिको सम्पूर्ण विवरणहरू, घर जग्गाको फोटो, मूल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्ने छन् । र खरिदकर्ताले आवश्यकता र चहाना बमोजिम घर जग्गा छनोट गरि बिक्रिकर्तासंग कारोबार गर्न सकिने व्यवस्था मिलाइएको छ।
आजको व्यस्त समय र प्रविधिको युगमा घरबाटै सबै काम गर्न सकिन्छ। अनलाइनबाटै आफूले चाहेको सामान खरिद विक्रि हुने प्रविधि बढ्दो भएकोले त्यसलाई मध्यनजर गर्दै घर जग्गा कारोबारमा पनि सहजीकरण गर्ने उद्देश्यका साथ घडेरी बजार डटकम सुरू गरिएको र यसले गर्दा जुन सुकै, जहाँ सुकै र जहिले पनि मानिसले आफूले चाहेको घर जग्गाको बारेमा जानकारी लिन सक्ने र अनलाइनबाटै सम्पर्क गरेर खरिद विक्रि गर्न सक्ने सुविधा पनि उपलब्ध भएको उनले बताए । साथै यसलाई आवश्यकता अनुसार स्तरउन्नति गर्दै लैजानले उनको योजना छ ।
घडेरी बजारमा गएर घर जग्गा सम्बन्धिको सम्पूर्ण समाचारहरू हेर्न र पढ्न पाउने सुविधा पनि उपलब्ध छ। साथसाथै यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्नेछन् र सिधैं बिक्रेतासँग सम्पर्क गर्न सकिने छ ।