दाङ। मुक्तिनाथ विकास बैंकले घोराही उपमहानगरपालिका–५ मा रहेको श्री पाण्डवेश्वर महादेव मन्दिरमा प्रतिक्षालय निर्माण गरेको छ।
सोमबार एक कार्यक्रमकाबीच बैंकको घोराही शाखा प्रमुख विकास केसीले भक्तजनहरूका लागि विश्राम गर्न निर्माण गरेको प्रतिक्षालय मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
यस सहयोगबाट मन्दिरमा आउने नजिकका तथा टाढाका भक्तजनहरूलाई विश्राम गर्न मद्दत पुग्ने बैंकको धारणा छ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।