काठमाडौं। ठमेल पर्यटन विकास परिषदको नयाँ कार्यसमिति चयनका लागि भयको निर्वाचनबाट अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन्।
परिषद्को आईतबार बिहान सम्पन्न मतगणना अनुसार अध्यक्ष शर्माले अर्का प्रत्यासी ध्रुव अधिकारीलाई पराजित गर्दै शर्मा निर्वाचित भएका हुन्।
अध्यक्ष शर्माले ७७२ मत प्राप्त गरेका थिए भने अर्का अध्यक्षका उम्मेद्वार अधिकारीले ५६८ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा शर्मा समूहबाट सहदेव धमला र प्रश्रय राजभण्डारी तथा अधिकारी समूहबाट गीता गुरुङ निर्वाचित भएकी छन् । महासचिवमा ध्रुव अधिकारी समूहबाट राजीव पाण्डे, सचिव र कोषाध्यक्षमा अधिकारी समूहका रामचन्द्र गिरी र कोषाध्यक्षमा पून्यराम लागेजु निर्वाचित भएका छन्।
यस्तै, सदस्यमा शर्मा समूहबाट चेतनाथ पुडासैनी, कोपिला सिङ्खडा, रोशन अधिकारी, लालबाबु चौधरी, पूर्णिमा मालाकार, तेन्जिङ लामा र अधिकारी समूहबाट प्रकाश थपलिया र श्रीकृष्ण थपलिया निर्वाचित भएका छन् ।