काठमाडौं। दैलेखमा सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्दार गरिएको छ। जिल्लाको आठबिस नगरपालिका–१ की डम्मकुमारी थापाको नेपाली सेनाको हेलीकप्टरबाट उद्दार गरिएको हो।
सुत्केरी ब्यथाले च्यापेपछि थापालाई सात्तला स्वास्थ्य चौकीमा हिजो बिहान ६ बजे स्वास्थ्य संस्थामा लगिएको थियो।
आठबिस नगरपालिकाका अनुसार दिउसो १२ बजे बच्चा जन्मिए पनि सुत्केरी भएको एक घण्टापछि सुत्केरी उच्च रक्तचापका कारण बेहोस भएको र थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत हेलीकप्टर मगाएर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ। स्वास्थ्य चौकीले भने बच्चा एक किलो आठ सय ग्राम जन्मेको र बच्चाको स्वास्थ्य अवस्गा राम्रो रहेको जनाएको छ।