गुल्मी। बेमौसमि अविरल वर्षासँगै आएको बाढीको कारण पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। करिडोरको हर्मिचौर अर्बेनी सडक खण्डको गरगरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको कालीगण्डकी करिडोर निर्माण कार्यदल नेपाली सेना हर्मिचौरले जानकी गराएको छ।
अहिलेसम्म पनि पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएकले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउनका लागि डोजर प्रयोग गरिने नेपाली सेनाले जनाएको छ।
त्यस्तैगरी रिडी–रुद्रबेनी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। रिडी रुद्रबेनी सडक खण्डको साँघुरेमा अबिरल वर्षाको कारण बिहीबार साँझ सडकमाथिबाटै ठूलो पहिरो खसेका कारण सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय रिडीले जानकारी दिएका छन्। सो सडक पनि मौसममा सुधार आएलगत्तै खुलाउने जनाएको छ।