विराटनगर। बेमौसमि रुपमा आएको अविरल वर्षाको कारण् बाढी पसेर अवरूद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने तयारी भइरहेको छ।
बुधबारदेखि बाढी पसेर डुबान भएको सो विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुखले जानकारी दिएका छन्।
हाल पानी घटिसकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको र कुनै पनि समस्या नआएमा भोलि शनिबार बिहानबाट नियमित उडान भर्ने तयारी रहेको छ। सो विमानस्थलमा बाढी पसेपछि मंगलवार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।
विराटनगरका फोहोर बास्ता खालामा फालिँदा र फोहोरले पानी जाम हुँदा बास्ता खोला साँगुरिएर पानी बाहिर गएकाले विमानस्थल डुबान भएको कुरा विमानस्थल प्रमुखले जनाएका छन्।