काठमाडौं। सुदूरपश्चिम प्रदेशमा प्रदेश गौरवका नौ वटा सडकको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ। सो प्रदेश सरकारले सुदुरपश्चिमको नौ वटै जिल्लामा प्रदेश गौरवका सडक निर्माण गर्न लागेको हो।
त्यस्तै प्रादेशिक गौरवका आयोजनाअन्तर्गत प्रदेशभरि जम्मा १६४ किलो मिटर सडक ठेक्का भई निर्माण कार्य तीव्र रुपमा भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी गराएको छ। सो सडकहरु छिट्टै निर्माण पुरा गरी सञ्चालनमा ल्याउने योजना रहेको पनि मन्त्रालयले जनाएको छ।
उक्त मन्त्रालयका अनुसार भजनी छोटी भन्सार–खिमडी–ठूलीगाड सडकको कैलालीस्थित बर्दगोरिया गाउँपालिका–४ मा चार किलो मिटर कालोपत्रेका लागि ठेक्का भएर हाल धमाधम काम भइरहेको छ। त्यस्तै अरु ठाउँको बाढीले क्षति पुर्याएको सडक पुनःनिर्माणको काम पनि अगाडी बढाइएको छ।