सिन्धुपाल्चोक। लामोसाँघु टोप्का बसेरी सडक मर्मत सुधारका लागी बलेफी गाउँपालिका ८ का समाजसेवी सुवास तिमल्सिनाले व्यक्तिगत चार लाख रुपैँया खर्चेर ग्राभेल गर्नुभएको छ।
उक्त सडक असारयता चार किलोमिटर अवरुद्धहुँदै आएपछि सवारी साधन आवतजावतमा समस्या हुँदै आएको थियो। स्थानीय सरकारले मर्मत सुधारकालागी विनियोजन गरेको दुई लाख रुपियाँ बजेटमा नेकपा एमाले कार्यकर्ताले डोजर मात्रै हिँडाएर बजेट सकेपछि सडकको अवस्था नाजुक रहेको थियो। जसले गर्दा यात्रा गर्ने यात्रुहरुले आफ्नो ज्यान जोखिममा मोलेर हिँड्नु पर्ने अवस्था सिर्जना भएको थियो।
सडकको दुरवस्थाका कारण सवारी साधन आवतजावत गर्दा उच्च जोखिम बढेपछि व्यक्तिगत रुपमा सडक ग्राभेल गरेको उहाँले बताउनुभयो। उक्त सडकको ग्राभेल पछि यस स्थानबाट यात्रा गर्ने यात्रुहरु समयमै आफ्नो गन्तव्यस्थल सम्म पुग्ने गरेका छन् भने, यात्रा गर्न पनि सहज भएको स्थानीयले बताए।