तनहुँ। भिमदत्त नगरपालिका ३ स्थित साँघुको बुडुवा खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। पुलको अभावमा यस स्थानका सर्वसाधारणले निकै सास्ती भोग्दै आएका थिए। पुलको निर्माण पछि सर्वसाधारणलाइ मात्र नभई माझकोट जाने सवारी साधनलाई समेत सहज हुने भएको छ।
उक्त पुलको करिब साढे दुई करोड लगानीमा ठेक्का सम्झौता भएको हो। गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयमार्फत प्रदेशका पुर्व आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङको पहलमा उक्त पुलको निर्माण गरिएको हो।