काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वर स्थित मीनभवनमा सडकमै भ्वाङ परेको छ। सानो भ्वाङ परेको तर सडक मर्मत गर्न लाग्दा ठूलो भ्वाङ परेको हो।
सोमबार दिउँसो सडकमा ठूलो भ्वाङ परेपछि केही समय यातायातसमेत अवरुद्ध भएको थियो।जसले गर्दा सर्वसाधारणलाई यात्रा गर्न समस्या भएको थियो। अहिले उक्त भ्वाङ मर्मत गर्ने भन्दै सर्भिस लेनबाट सवारी आवागमन सुचारु गरिएको छ।