काठमाडौं। काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको जरकुबाट धर्मस्थली बजार जाने बाटोमा निर्माण भएको धर्मस्थली प्रवेशद्वारको उद्घाटन गरिएको छ। तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले सोमबार धर्मस्थली प्रवेशद्वारको उद्घाटन गरेका हुन् ।
प्रवेशद्वार उद्घाटन कार्यक्रममा उप–नगर प्रमुख सृजना बुर्लाकोटी, धर्मस्थली प्रवेश द्वार समितिका अध्यक्ष सानुबाबु बिंदुकार, पूर्व नगरप्रमुख रामेश्वर बोहरा, वडा नं ६ धर्मस्थलीका वडा अध्यक्ष घनश्याम श्रेष्ठ, विभिन्न पार्टीका प्रतिनिधिहरु, अनुगमन समितिका प्रतिनिधिहरू, समाजसेवी, बुद्धीजीवि तथा वडाबासीहरूको उपस्थितिमा धर्मस्थली प्रवेशद्वारको उदघाटन सम्पन्न भएको हो।
प्रवेशद्वार समितिले प्रवेशद्वार निर्माणमा साथ र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ ।