पाँचथर। असारमा अविरल वर्षासँगै आएको बाढीले पुलको जग बगाउनका साथै सडक कटान गर्दा अवरुद्ध भएको फिदिम सगरखण्डे यासोक सडकखण्ड बुधबार बिहानैदेखि सञ्चालनमा आएको छ।
बाढीले बगाएको पुलको जगमा ढुंगा भरेर सडक मर्मत गरिएपछि सडक सञ्चालनमा आएको हो। पुल र सडक कोसी करिडोरले मर्मत गरेको पाँचथरका प्रमुख जिल्ला अधिकारीले बताएका छन्।
त्यस्तै जिल्लाको कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकालाई सिमाना छुट्याएर निबु खोला सिवा दोभान क्षेत्रमा सिवा र निबु खोलाले धार परिवर्ततन गरी पुलको जग भत्काउनका साथै सडक खोतल्दा सो सडक अवरुद्ध भएको थियो।