काठमाडौं। तनहुँ जिल्लाको देवघाट गाउँपालिकास्थित गाईघाट सानुभञ्ज्याङ कृषि सडक दश दिनपछि सञ्चालनमा आएको छ। ३ नं प्रदेशको चितवन,४ नं प्रदेशको गण्डकी र ५ नं प्रदेश को पाल्पासम्म जोड्ने उक्त सडक संचालनमा आएको हो।
मान्द्रे पाखामा गत असोजको ३१ गते पहिरो जाँदा उक्त सडक पुर्णरुपमा अवरुद्ध भएको थियो। पहिरो पन्छाउने काम देवघाट गाउँपालिका–४ का युवाहरुले गरेका थिए।
सडक अवरुद्ध भएपछि स्थानीयबासीले सास्ती खेप्दैँ आएका थिए। सरकारले सो सडक खण्डलाई वैकल्पिक राजमार्गका रुपमा विकास गर्न लागेको छ। जिल्लाका देवघाट, ऋषिङ र घिरिङ गाउँपालिका र तीन प्रदेश छुने भएकाले सो सडकलाई वैकल्पिक राजमार्गका रुपमा विकास गर्न प्राथमिकता दिइएको हो।