ताप्लेजुङ। जिल्लास्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण गरिएको छ। पाथीभरा माताको दर्शनसँगै ध्यान गर्न चाहनेहरुलाई लक्षित गरी पाथीभरा क्षेत्र विकास समितिले ध्यान केन्द्र निर्माण गरेको हो ।
पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा ध्यान केन्द्र निर्माण गरिएको छ । माथिल्लो फेदीबजारभन्दा केही टाढा सुनसान क्षेत्रमा ध्यान केन्द्र निर्माण गरिको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ध्यानमा बस्नेलाई असर नपुग्ने गरी कम मानिस आवतजावत हुने र बाह्य आवाजसमेत कम हुने सुनसान ठाउँमा ध्यान केन्द्र निर्माण गरिएको समितिले जनाएको छ।
पाथीभरा क्षेत्रमा ध्यान केन्द्र निर्माण गरिएकाले प्रसिद्ध तीर्थस्थल पाथीभरा माताको दर्शनसँगै यसै क्षेत्रमा ध्यान गर्न पाइने भएको छ । पाथीभराको दर्शन गर्न र ध्यान गर्न चाहाने भक्तजन तथा तीर्थयात्रीको सुविधाका लागि ध्यान केन्द्र निर्माण गरिएको हो। नवनिर्मित ध्यान केन्द्रमार्फत जो कोहीले ध्यान गर्न सक्ने पनि उनको भनाइ छ ।
ध्यान केन्द्र पाथीभरा क्षेत्र विकास समितिको ३० लाख र बाँकी जनश्रमदान गरेर कुल ३४ लाख ३९ हजार ६३० रुपियाँको लागतमा निर्माण गरिएको हो । समितिका अनुसार उक्त बजेटको लागतमा गत आर्थिक वर्षमा ध्यान केन्द्र निर्माणमा गरिएको हो । माथिल्लो फेदीबजारदेखि करिव ८० मिटर पूर्वतर्फ सुनसान जङ्गलमा बाह्य आवाजले असर नपुर्याउने ढुङ्गा र भवनभित्र काठको प्रयोग गरी ध्वनी सन्तुलित ध्यान केन्द्र भवन निर्माण गरिएको पनि समितिले जनाएको छ ।