काठमाडौं। हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीलाई कारवाही गरिने भएको छ। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल एक वर्ष अघि भाँचिएको थियो।
उक्त पुल निर्माणको क्रममा २०७८ असरमा आएको बाढीले जग भासिन गई निर्माणाधिन पुल क्षतिग्रस्त भएको हो। त्यसपछि आयोजनाले निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दा समेत हालसम्म पनि पुनःनिर्माण गर्न अटेरी गरेको बताएको छ।
आयोजनाले यी जेभी कम्पनीले ७ दिनभित्र काम सुरु नगरे कारवाहीको प्रक्रिया अघि बढाइने जनाएको छ।
२०६८ सालमा ७० मिटर लम्बाई र ११ मिटर चौडाई कमला नदीको पुल बनाउने ठेक्का पप्पु– लुम्बीनी जेभीले पाएको थियो। २४ करोड ९१ लाखमा पुल निर्माणको ठेक्का लिएको यो निर्माण कम्पनी समयमा काम नगर्दा १ असोज २०७६ मा सम्झौता रद्द गरी लुम्बिनी विल्डर्स कन्सट्रक्सनलाई जिम्मेवारी दिइएको थियो।
