धनुषा। आजदेखि मंसिर ४ गतेसम्म रेल सेवा बन्द हुने भएको छ। आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई ध्यानमा राखी जयनगरदेखि जनकपुरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा बन्द हुने भएको हो।
आज मङ्सिर १ गतेदेखि ४ गतेसम्म सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।
अगामी मङ्सिर ५ गतेदेखि पुनः नियमित रेल सेवा सञ्चालन हुने उनले बताए।
सुरक्षित तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मधेश प्रदेशका जिल्लासँग जोडिएको भारतीय सीमा नाका बिहीबारबाट तीन दिन अर्थात् मतदानको ७२ घण्टा अघिदेखि बन्द हुने भएको छ ।