काठमाडौं। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोडेको छ। कार्यालयले आज (आईतबार) सूचना प्रकाशित गर्दै ठेक्का तोडेको बताइएको हो।
निर्माण कार्य गर्न पटक पटक ताकेता गर्दा पनि सम्पर्क बिहिन भई सम्झौता बमोजिमको कार्य नगरेको तथा लामो समयसम्म पनि कार्य गर्न तर्फ कुनै चासो नदिएको कार्यालयले जनाएको छ।
विभिन्न समयमा पेश गरेको संशोधित कार्य तालिका र प्रतिवद्धता अनुसार कार्य नगरेको साथै कुनै पनि चित्त बुझ्दो प्रतिक्रिया र कार्य सम्पन्न गर्ने विश्वसनिय आधार पेश नगरेको हुँदा ठेक्का सम्झौताको शर्त तथा र्साजानिक खरिद ऐन २०६३ को दफा ५९ (७) बमोजिम खरिद सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ। साथै कारबाहीको प्रक्रिया अघि बढाईने पनि कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ।
ए.पी कन्स्ट्रक्सन प्रा.ली पुलचोक, ललितपुरले रुकुम जिल्लाको भेरी नदिमा पुल निर्माण गर्ने जिम्मा लिएको थियो। तर सम्झौता अनुसार काम नभएपछि ठेक्का तोडिएको हो।
