तेह्रथुम। तेह्रथुमको म्याङलुङ नगरपालिका–२ मा रहेको चिरुवा ढुंगामा पार्क निर्माण गरिएको छ।पर्यटन प्रवर्द्धन तथा पर्यटकीय रुपमा विकास गर्न चिरुवा ढुंगामा पार्क निमार्ण गरिएको हो।
वडा कार्यालय आर्थिक सहयोग तथा पथरी शनिश्चरे मोरङ घर भई युकेमा रहेका फुलकुमारी तुम्बाहाङ्फे र उनका श्रीमान नैनबहादुर चोङ्बाङले ३ लाख ५० हजार सहयोगमा पार्क निर्माण गरिएको अभियन्ता पदम तुम्वाहाङ्फेले जानकारी गराएका छन्।
सहयोगी दाताबाट प्राप्त रकमले पार्कको गोलघर, व्यायामस्थल, खानेपानी, पिकनिक स्थल लगायतका संरचना निर्माण गरिएको छ। पार्क तेह्रथुम जिल्लाको सदरमुकाम नजिकै रहेको छ। सो पार्क पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरीएको हो। पार्क निर्माण भएपछि म्याङलुङ नगरपालिकाको रौनक बढ्नुको साथै त्यहाँको स्थानीय पनि खुसी भएका छन्।