डोटी। बेमौसमी वर्षासँगै आएको बाढीले बगाएका यहाँका पानिका मुहानहरु मर्मत गर्न नसक्दा पुरानो क्षेत्रिय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा पानिको हाहाकार भएको छ। असोजको अन्तिम सातादेखि परेको अविरत वर्षाका पुरानो सदरमुकाम दिपालय राजपुरबजारको खानेपानी मुहान सलेनामा लगभग पाँच सय मिटर मुहानको पाइप बगाएपछि मर्मत गर्न सकिएको छैन।
यहाँका प्रमुख केन्द्र पिपल्ला, दीपायल, राजपुर तथा सिलगढीमा केन्द्र पिपल्ला दिपायल राजपुर तथा सिलीगढीमा खानेपानीको समस्या भएपछि दिपायल सिलगढी नगरपालीकाको दमकलले पानी वितरण गरेको थियो। हाल केहि दिन देखि पानी वितरण हुन नसक्दा यस स्थानका स्थानीय समस्यामा परेका हुन्। पानीको अभाव भएपछि नजिकै रहेको सेती नदीमा रहेको फोहोर पानी खान बाध्य भएको स्थानीयको गुनासो रहेको छ।
यसैगरी लगातारको वर्षा र बाढीपहिरोका कारण जिल्ला सदरमुकाम सिलगढीमा पनि खानेपानीको मुहानमा पाइप बगाउदा खानेपानीको हाहाकार भएको स्थानीय बताउछन्। बाढी पहिरोले बगाएको खानेपानीको पाइप मर्मतका लागी कर्मचारी खटिएका र कतिपय स्थानमा पाइप र मुहान नै बगाएर समस्या भएका कारण मर्मत गर्न समस्या भइरहेको सिलगढी खानेपानी तथा उमभोक्ता समितिका अध्यक्ष राम बहादुर धामीले बताए। उनले भने, जतिसक्दो चाडौ पाइप मर्मत गरेर जोड्ने प्रयासमा छौँ।