इलाम। पर्यटकका लागि पर्यटकीय क्षेत्र पाटेनागी–कुइभिरसहज बन्दै गएको छ। पूर्वाधार निर्माणले पर्यटकका लागि सो क्षेत्र सहज बन्दै गएको हो।
इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिर क्षेत्रमा पदमार्ग र पर्यटक बास बस्ने पूर्वाधार निर्माण गरिएपछि पर्यटकहरूको आकर्षण बढेको हो।
इलाम नगरपालिकाले कच्ची सडक जोड्नुका साथै पदमार्ग निर्माण गरिएपछि पर्यटकहरू पाटेनागी पुग्ने क्रम बढेको इलाम नगरपालिले जनाएको छ।
इलाम र देउमाई नगरपालिकाको सीमा बाघखोरबाट ७ किलोमिटरमा पुग्न सकिने पाटेनागीको उच्च भाग ३ हजार ४२ मिटरसम्म पदमार्गले जोडिएको छ।
यहाँबाट उत्तरमा दर्जनौं हिमशृंखला, विभिन्न गाउँ, सहर र वरपरका पर्यटकीयस्थल देखिन्छन्। हजारौं रोपनीको खुला भू–भाग रहेकाले पदमार्ग निर्माणपछि यहाँ रमाउन आउने पर्यटकको संख्या बढिरहेको हो।
गुराँस, कटुस, क्यामुना, झिगाने, चुथ्रो, फलामे र अँगेरीका बुट्यान रहेको पाटेनागीको धेरै भाग चाहिँ खुला चौर छ। पाटेनागी पुग्ने बेला भेटिने पहिलो गन्तव्य र आकर्षकस्थल हो कुइभिर हो।