बैतडी। बैतडीको मेलौलीमा अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्। अस्पताल निर्माणका विषयमा दुई वटा वडाबीचमा विवाद हुँदा ३५ जना घाइते भएका हुन्।
पहिले नगरपालिकाको वडा नम्बर १ मा अस्पताल बनाउने निर्णय भएको थियो। तर वडा नम्वर ७ का स्थानीयले आफ्नो ठाउँमा अस्पताल बनाउनुपर्ने माग राखेका छन्।
सोही विषयमा विवाद हुँदा दुई वडाका स्थानीयहरूबीच झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार झडपमा ३५ जना स्थानीय घाइते भएका छन्। घाइतेलाई प्रहरीले सुरक्षा दिएको छ। अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।