रौतहट । ईशनाथ नगरपालिकामा सुर्य नारायण मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुले छठ पर्वमा पूजा गर्ने सुर्य नारायण मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
ईशनाथ नगरपालिकाका नगर प्रमुख संतोष कुमार मेहताले नवनिर्मित सुर्य नारायण मन्दिरको उद्घाटन गरेका हुन् । प्रमुख अथिति मेयर मेहता र वाड अध्यक्ष राम कैलमश राउतको अध्यक्षता सो मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । ईशनाथ नगरपालिका–३ स्थित औरैयामा अवस्थित सुर्य मन्दिरको भव्य रूपमा उद्घाटन भएको हो ।
आउँदो निर्वाचन सुर्य मन्दिरको पोखरी र ईशनाथलाई पर्यटक स्थल बनाउने ईशनाथका नगरप्रमुख मेहताले बताउनुभयो ।उद्घाटन कार्यक्रममा नगर प्रमुख संतोष कुमार मेहता, वडा नं.३ का अध्यक्ष राम कैलाश राउत , वडा-९ का अध्यक्ष रामबाबु यादव, नेकपाका नगर अध्यक्ष मोहन मेहता लगायत अन्य जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।