काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । भैरहवामा निर्माणाधीन विमानस्थलको शुक्रबार अवलोकन गर्दै मन्त्री खाँणले गौतमबुद्ध विमानस्थल निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताएका हुन् ।
उनले निरीक्षणका क्रममा क्यालिब्रेसन फ्लाईट छिट्टै हुने आश्वासन दिए । उनले थाई सरकारले अहिले आफ्ना नागरिकलाई विदेश जान फुकुवा गरेकाले एरो थाईले क्यालिब्रेसन फ्लाईट बताए ।
खाँणले गौतम बुद्ध विमानस्थललाई तयारी अवस्थामा राख्न निर्देशनसमेत दिएका छन् । उनले सबै मेसिनरी उपकरण अविलम्ब जडान गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । मन्त्री खाँणले विमानस्थल सुरक्षाका लागि खटिने सुरक्षाकर्मीका लागि पनि पर्याप्त स्थान छुट्टयाउन आग्रह गरे ।
उनले तत्काल सुरक्षाकर्मीका लागि स्थान नभए उनीहरुले त्रिपालमा बसेर भए पनि सुरक्षा दिने बताए ।