काठमाडौं। मनकामना केबलकार अनिश्चितकालका लागि बन्द गरिएको छ।
केबलकारको प्यानलमा क्षति पुगेपछि अनिश्चितकालका लागि सेवा स्थगन गरिएको हो ।
विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको कम्पनीले जनाएको छ। मर्मतका लागि निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरकै प्राविधिक आउनुपर्ने कम्पनीले जनाएको छ । अर्को सूचान जारी नभएसम्म केबलकार सेवा स्थगन रहने कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
अष्ट्रियाको डोपलमायरकै प्राविधिक नै आउनुपर्ने भएकोले तत्काल केबलकार सञ्चालन हुन नसक्ने कम्पनीले जनाएको छ ।