फाइल तस्बिर
काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबलकार निर्माण हुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रूपमा केबुलकार निर्माणको योजना अघि सारेको बताएका हुन् ।
उनले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको समेत जानकारी दिए।
गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबुलकार निर्माण गर्न लागेएको बताए । उनले केबुलकार प्रोजेक्ट समग्र पालिकावासीको साझा सम्पत्तिका रूपमा निर्माण हुन लागेको बताएका छन् ।
आयोजना निर्माण समूहमा आबद्ध इञ्जिनियर ज्ञान तिमिल्सेनाका अनुसार केबुलकारका लागि ९ वटा टावरहरू रहने छन् । केबुलकारको लम्बाइ तीन किलोमिटरको हुनेछ भने सम्भाव्यता अध्ययनको सिलसिलामा करिब ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।