काठमाडौं । ललितपुर महानगरपालिका–११ मा पर्ने शंखमूलको मणिडोमा निर्माण गर्न लागिएको शवदाहगृहको स्थानीयले विरोध गरेका छन् । आवास क्षेत्रमा विद्युतीय शवदाहगृह बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
ललितपुर महानगरपालिकाले आवास क्षेत्रमा विद्युतीय शवदाहगृह निर्माणको प्रक्रिया अगाडि बढाएपछि स्थानीयवासी विरोधमा उत्रिएका छन्। महानगरले निजी जग्गा खरिद गरी आवास क्षेत्रभित्र शवदाहगृह बनाउन लागेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन्।
महानगरले गत असोज २४ मा आवास क्षेत्रमा विद्युतीय शवदाहगृह निर्माणका लागि टेन्डर आह्वान गरेको थियो। स्थानीयले महानगरले स्थानीयसँग सरोकार नराखी आवास क्षेत्रभित्रको निजी जग्गा खरिद गरी शवदाहगृह बनाउन लागेको भन्दै विरोध गरेका हुन्।
स्थानीयहरू टेन्डर खारेजीको माग राख्दै संघर्ष समिति बनाएर आन्दोलन गरिरहेका छन्।