काठमाडौं। धनकुटाको सिधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रेको तयारी भएको छ। १६ किलोमिटर सडक कालोपत्रेको तयारी भएको हो।
कालोपत्रेका लागि निर्माण कम्पनीले तीव्रता दिएको छ । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रेको तयारी भएको हो ।
हिउँदमा धुलाम्ये र वर्षात्मा हिलाम्ये सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिक सडक कालोपत्रे हुने भएपछि खुसी भएको छन्। करिब तीन दशकअघि ट्रयाक खोलिएको उक्त सडक कालोपत्रे नहुँदा बर्सेनि नागरिकले सास्ती भौग्दै आएका थिए । कोसी राजमार्गसँगै जोडिएको सिधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रे हुने भएपछि उक्त स्थानको आर्थिक अस्वथा पनि फेरिने भएको छ।
उक्त सडक ९ मंसिर २०७६ मा प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका थिए । सडक कालोपत्रेका लागि यतिबेला तीव्र गतिमा निर्माण कार्य भइरहेको छ । ओएसिस इन्जिनियर्स एण्ड बिल्डर्स प्रालिले सडक निर्माणको काम गर्दै आएको छ । सडकमा कटिङ, ग्याबिङ, नाली निर्माणलगायतका काम सम्पन्न गरेसँगै कालोपत्रेका लागि तयारी भएको कम्पनीले बताएको छ।
आगामी असारसम्म सिधुवा–शुक्रबारे–ओख्रे १६ किलोमिटर सडक कालोपत्रे निर्माणकार्य सम्पन्न गर्न कम्पनी लागिपरेको छ । ७० करोड लागतमा सडक कालोपत्रे हुनेछ । यो सडक जिल्लाको छथर क्षेत्रका साथै छिमेकी जिल्ला धनकुटा र पाँचथरका नागरिकले समेत उपभोग गर्न पाउने छन् ।
सडक सञ्चालनमा समस्या हुँदा वर्षौंदेखि भोग्दै आएको समस्याबाट मुक्ति पाएको स्थानीयले बताए। अब सडक निर्माण भएपछि यो समस्याबा बच्ने स्थानीयको भनाइ छ।