काठमाडौं। तोकिएको समय र लागतमा नै विकास आयोजनाहरुको काम पूरा गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन्। समयमा काम सक्न अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरेका हुन्।
नेपाल निर्माण व्यवसायी महासंघले सोमबार उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानलेसँग अलगअलग भेटी निर्माण उद्योगका समसामयिक समस्याहरूबारे जानकारी गराएका छन्।
उक्त कार्याक्रममा निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने भन्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूसँग समस्या बारे छलफल गर्न सरकार तयार रहेको बताएका छन्। उनले सोही क्रममा तोकिएको लागत तथा समयमा नै गुणस्तरीय काम पूरा गर्न निर्माण व्यवसायीहरूलाई सुझाव दिएका छन्।
त्यस्तै, गृहमन्त्री लामिछानेले निर्माण उद्योगको समस्याबारे आफू जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्याबारे अध्ययन गरी समाधान खोजिने बताएका छन्।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा लामिछानेले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
अध्यक्ष सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको बताएका छन्।
सार्वजनिक खरिदको कानुन अनुसार निर्माण व्यवसायीहरूले पाउनुपर्ने २० प्रतिशत मोबिलाइजेसन रकम उपलब्ध गराउन अध्यक्ष सिंहले अर्थमन्त्री पौडेललाई आग्रह समेत गरेका छन्। निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको अध्यक्ष सिंहको भनाइ छ।