फाइल तस्बिर
मुस्ताङ। अत्याधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणका काम रोकिएका छन्। चिसोले काम गर्न नसकेपछि मंसिर अन्तिम सातादेखि नै यहाँ विकास निर्माणका काम ठप्प भएका हुन्।
चिसोले रोकिएका कामहरू फागुन चैत्र महिना पछि मात्र नियमित हुने छ। चिसोमा फिल्डमा पुगेर काम गर्न सक्ने अवस्था नहुने तथा ढलान चिसोले सेट नहुने भएकाले पूर्वाधार निर्माणको काम रोकिएको बताइएको छ।
राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा आशिंक सडकको काम भएपनि मुस्ताङ खण्डमा सडकको काम चिसोले प्रभावित बनेको आयोजनाले जनाएको छ।
मुस्ताङको घाँसादेखि उत्तरी कोरलासम्मका विकास योजनाका काम रोकिएको छ। जसमा सडक, पुल, ड्रेन, खानेपानी, सिँचाइ, नदी नियन्त्रणलगायत पालिकाका टुक्रे योजनाहरू रहेका छन्।