चितवन। अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् गरेको आरोपमा चितवन प्रहरीले ९ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले मंगलबार बिहान ९ बजे खैरहनी नगरपालिका–३ बाट ९ वटा सवारी साधनसहित ६ सय ६१ घनमिटर नदिजन्य पदार्थ नियन्त्रणसमेत नियन्त्रणमा लिएको हो।
अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेकै अवस्थामा एउटा जेसिबीसहित ६ वटा टिप्पर, दुईवटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा १ क ६०३६ नम्बरको जेसिबी, ग २ ख ९३४, ना ८ ख २९३४, ना ७ ख २६७३ र ना ८ ख ६२७१ नम्बरको टिप्परलाई खैरहनीबाट नियन्त्रणमा लिएर कारबाहीका लागि खैरहनी नगरपालिका पठाइएको चितवन प्रहरीले जनाएको छ।
खैरहनी–१ को दुई स्थानबाट ५०७ घनमिटर (१६८ ट्याक्टर) र वडा नम्बर ३ बाट १२४ घनमिटर (४२ ट्याक्टर) नदिजन्य पदार्थ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यसैगरी इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलिले रत्ननगर नगरपालिका–३ बाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा ना ८ ख १४९४ र ना ८ ख ५९५३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई अवस्यक कारबाहीका लागि रत्ननगर नगरपालिको कार्यालय पठाएको छ।