सुर्खेत। अहिले सामाजिक सञ्जालमा पाटेबाघका मूर्ति भाइरल भइरहेका छन्। सुर्खेत सहिद पार्कमा बनाइएका ती मूर्तिबारे विभिन्न कोणबाट टिप्पणी भइरहेका छन्। कतिपयले यी मूर्ति बनाउन १३ लाख रुपैयाँ खर्च भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमा दुईवटा बाघको मूर्ति जोडेर राखिएको छ। तीमध्ये एउटा पुरानो हो भने अर्को नयाँ हो। भैरव सामुदायिक वन क्षेत्रमा रहेको सुर्खेतको पर्यटकीय स्थल सहिद पार्कमा राख्नका लागि पार्क व्यवस्थापन समितिले पाटेबाघको मूर्ति बनाएको थियो। केही समय पहिले बनाएको एउटा मूर्ति टुक्रिन थालेपछि समितिले अर्को मूर्ति बनाएको हो।