फाइल तस्बिर
दाङ। दाङको भालुबाङ–प्युठान सडक खण्डमा पर्ने भालुबाङ चकचके सडक दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
सडक विस्तारका लागि भाुलबाङदेखि चकचकेसम्मको सडक दैनिक ६ घण्टा बन्द गरिने भएको हो।
आगामी पुस २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पूर्णरुपमा बाटो बन्द हुने डिभिजन सडक कार्यालय, प्युठानका प्रमुख बिरेन्द्रबहादुर चन्दले जानकारी दिए।
सरुमारानि गाउँपालिकाको बड्डाडादेखि चकचके सडकखण्डमा बाटो विस्तार गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुँदासम्मका लागि दैनिक सडक बन्द गर्नुपरेको जनाइएको छ ।