काठमाडौं। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायी पुल बनेपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालन भएको छ। शनिबारबाट डोल्पामा सिधा यातायात सेवा सञ्चालन भएको हो ।
मजदुरले ज्याला नपाएको भन्दै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएकोमा समस्या समाधान भएपछि पुल सञ्चालनमा आएको छ।
देशका विभिन्न ठाउँबाट अब डोल्पा सहजै पुग्न सकिने भएको छ । सडक डिभिजन चौरजहारीसँग समन्वय गरेर नेपालगन्जदेखि सिधा विकास निर्माण सामग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा स्थानीय कामदार र जग्गाधनी मिलेर डोल्पा आउने मालबाहक गाडीलगायतका सवारीसाधन रोक लगाएका थिए ।
शनिबारदेखि डोल्पा जाने सवारीसाधनलाई कुनै पनि रोकावट नभएको बताइएको छ। स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न खोज्दा समस्या भए पनि अब कुनै रोकावट नहुने र काठमाडौं नेपालगन्जलगायतका जुनसुकै जिल्लाबाट सिधै सवारीसाधन डोल्पा पुग्ने व्यवस्था मिलाइएको हो।