मुग्लिनमा रहेको नौबिसे सडक पहिरोका कारणले गर्दा राकिएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनमा रहेको ईच्छाकामना गाउँपालिका नाम्दीखोला बाट नजीकैको सडक रोकिएको हो । माथीबाट खसेको पहिरो कारण उक्त सडक दुईतर्फनै अबरुद्ध भएको छ । मुग्लिनका ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षकको जानकारी अनुसार दुईतर्फ नै अबरुद्ध भएको सडकमा पहिरो हटाउने काम भइरकेको र चाडै अबरुद्ध भएको सडक संचालनमा आउने भएको छ ।