सिरहा । लहान नगरपालिकाको बीचभागबाट बगेको खुट्टी खोलामा सिंचाइका लागि बनाइएको नहरको पुनः निर्माण शुरु गरिएको छ । नहरमा पानी आउन छाडेको झण्डै ३५ वर्षपछि नहरको पुनः निर्माण शुरु गरिएको हो ।
लहान नगरपालिकाका प्रमुख मुनी साहले खुट्टी खोलामा नहरको हेड वर्क निर्माणको सोमबार शिलान्याससँगै पुनः निर्माण शुरु भएको हो । ३५ वर्षपछि नहर सूचारु हुन नसक्दा लहान नगरपालिकाका १०, ११, १२, २० र २१ वडाका किसान सिंचाइ सुविधाबाट बञ्चित थिए ।
खुट्टी सिंचाइ योजना लहानका अध्यक्ष नारायण प्रसाद उप्रेतीका अनुसार प्रदेश सरकारको ८ करोड ५६ लाख रुपैयाँ लगानीमा मल्टी टेक प्रालिले ठेक्का सकारेपछि नहर निर्माण शुरु गरिएको हो ।