काठमाडौं। बुद्ध एयरले काठमडौं–तुम्लिङटार एटीआर–७२ सिरिजको जहाजमार्फत उडान गर्ने भएको छ। बुद्ध एयरले माघ ६ गतेबाट काठमडौं–तुम्लिङटार एटीआर–७२ सिरिजको जहाजमार्फत उडान गर्ने भएको हो।
हाल एटीआर–४२ सिरिजको जहाजमार्फत उडान गरिरहेको छ। नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै एटीआर–७२ बाट उडान गर्न लागेको हो।
ठूलो जहाजमार्फत सेवा सुरु भएसँगै भाडादर सस्तिने कम्पनीले जनाएको छ। अधिकतम एकतर्फी भाडादर सात हजार छ सय ९५ रुपैयाँ रहेकोमा अब सुरुवाती भाडादर ५५ सय रुपैयाँ पर्ने बताइएको छ।
साताको सातवटा उडान गर्दै आएको कम्पनीले एटीआर–७२ मार्फत प्रत्येक उडानमा सुरुमा ६५ जना यात्रुलाई सेवा दिने बताइएको छ।