काठमाडौं। पोखरामा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको पुष्टि भएको छ। दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको हो ।
विहान साढे १० बजे काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तर्फ उडेको जहाज सेती नदीको खोँचमा दुर्घटना भएको हो।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको छ।
अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। अहिलेसम्म ३० जनाको शव फेला परिसकेकाे प्रहरीले जनाएकाे छ।