काठमाडौं। पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिएका हुन्।
प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।
यस्तै दुर्घटना भएको खबरपाएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।