काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा सिन्धुपाल्चोकको तातोपानी नाकाको अवलोकन गर्न लिपिङ पुगेका छन्। भूकम्प र बाढी पहिरोले थिलथिलो बनाएको नाकाको अवलोकन गर्न अर्थमन्त्री शर्मासहित सापकोटा सोमबार तातोपानी नाका पुगेका हुन्।
उनीहरूले तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिएका छन्। तातोपानी नाकाबाट दैनिक न्यूनरूपमा सामान आयात हुँदै आएको छ।
भूकम्प र बाढीपहिरोका कारण अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डमा सहज आवागमन हुन सकिरहेको छैन। यही कारण देखाउँदै चिनियाँ पक्षले न्यून रूपमा दैनिक आठ वटा कन्टेनर सामान मात्रै आयात गर्न दिएको छ। नेपाली पक्षबाट सरकारीस्तरमा कूटनीतिक पहल हुन नसक्दा तातोपानी नाका पूर्णरूपमा सन्चालन हुन नसकेको व्यापारीहरूको आरोप छ।
सडक निरिक्षणका क्रममा उनिहरुले भुकम्पपछि अस्थिर रहेको तातोपानी नाका प्रभावकारी रुपमा सञ्चालन गर्नका लागी स्थानीय व्यावसायी, तातोपानी भन्सार कार्यालयका प्रमुख लगाएतसँग छलफल गरेका थिए।