काठमाडौं। काठमाडौंको बबरमहलमा आज बिहान गरिएको प्रदूषण चेकिङका क्रममा २७ वटा सवारी साधन कारबाहीमा परेको छन्। मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका हुन्।
मापदण्डभन्दा बढी धुवाँ फाल्ने भाडाका मिनी बस १४, पिकअप भ्यान ८, भाडाका माइक्रोबस ३ र कार २ गरी २७ वा सवारी साधन कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।
वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज बबरमहलमा ५३ वटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका हुन्।
सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ।