लमजुङ। नेपाल सरकारले लमजुङका थप ८ वटा सडक स्तरोन्नती गर्नको लागि २७ करोड बजेट विनियोजन गरेको छ। जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका ८ वटा सडकका लागि नेपाल सरकार सहरी विकास मन्त्रालयमार्फत थप बजेट उपलब्ध गराईएको हो।
त्यस्तै जिल्लाको राइनस नगरपालिका अन्तर्गत ३ वटा सडक, बेससिहर नगरपालिका अन्तर्गत २ वटा सडक, मध्यनेपाल नगरपालिका अन्तर्गत २ वटा सडक र मस्र्याङ्दी गाउँपालिका अनतर्गत १ वटा सडकका लागि थप बजेट विनियोजन भएको हो। यसमध्ये राइनासको वडा नं. ४ अन्तर्गतको रेडक्रस भवन देखि महिला सञ्जाल भवन हुँदै पन्तगाउँ बुढिखोलासम्मको सडक स्तरोननतीको लागि १ करोड ८० लाख बेट विनियोजन भएको छ। यस्तै वडा नं.१० को प्याराजुङ भञ्ज्याङदेखि सिर्जनशिलता आमा समुह भवन हुँदै देविस्थानसम्मको सडक स्तरोन्नतिको लागि ३ करोड ६० लाख बजेट विनियोजन भएको छ भने राइनास–१ अन्तर्गत साहिलीटार–मजुवा–भलायखर्क–पन्थीडाँडा–आठस्वारा हुँदै प्याराजुङको कोके गाउँ जोडने सडक स्तरोन्नतिको लागि ३ करोड ६० लाख बजेट विनियोजन भएको छ।
बेसीसहर जगरपालिका अन्तर्गत वडा नं. ५ को नाम्ला लाकुरीडाँडादेखि दोसाँध हुँदै विम्दा सडक स्तरोन्नतिको लागि ३ करोग ६० लाख साथै वडा नं. १० को बाँझाखेत राउत ठाँटी हुँदै वडा कार्यलय जाने सडक स्तरोन्नतिको लागि ३ करोड ६० लाख बजेट बिनियोजन भएको छ। मध्यनेपाल नगरपालिका अन्तर्गत वडा नं. ४ को दुईपिप्लेदेखि समीमञ्ज्याङ हुँदै तान्द्राङ–क्यासर सडक स्तरोन्नतिको लागि ३ करोड ६० लाख साथै वडा नं. १० को थान्सिङ नेटा हुँदै सुन्दरबजारको दुराडाँडा जोडने सडक स्तरोन्नतिको लागि थप ३ करोड ६० लाख बजेट विनियोजन भएको छ।
मस्र्याङ्दी गाउँपालिका अन्तर्गत वडा नं. ५ हालसम्म पनि सडक सञ्जालमा नजनेडिएको कारण सोही ठाउँको घेर्मु लिलिभीर सडक निर्माणका लागि ३ करोड ६० लाख बजेट बिनियोजन गरेको छ। सो लिलिभीरमा बलियो चट्टानसहितको पहाड भएको कारणले गर्दा सानो बजेटले सडक ट्रयाक खोल्न संभावना नरहेको स्थानीयले जानकारी गराएका छन्। सडक विकास तथा भवन निर्माण विभागका अनुसार उक्त सडक निर्माणका लागि विनियोजित बजेट भन्दा लागत रकम बढी भएको कारणले गर्दा बहुवर्षीय योजनाअन्तर्गत काम हुने भएको छ। सो योजना भएपनि चालु आर्थिक वर्षमा ६ करोड ७५ लाख रुपैँया खर्च हुने विभागले जनाएको छ भने बाँकी २० करोड २५ लाख अर्को आर्थिक वर्षमा आउने विभागले जानकारी गराएको छ।